एसपी रिपोर्टर
जनकपुरधाम, चैत १८ : प्रदेशसभा सदस्य तथा पर्यावरण र शिक्षा अभियानी राम अशिष यादवले २०७२ सालको शिक्षा नियमावलीका कारण सामुदायिक विद्यालयको शिक्षा स्तर भताभुङ्ग भइरहेको बताएका छन् । जनकपुरधाममा काठमाण्डौं वल्र्ड स्कुलले आयोजना गरेको नेपाल टुर २०७९ नामक एक समारोहलाई सम्बोधन गर्दै पुर्व शिक्षक समेत रहेका प्रदेश सांसद यादवले सामुदायिक विद्यालयलाई पालिकाको जिम्मा लगाँउदा मास्र्टस गरेको शिक्षकलाई अनपठ जनप्रतिनिधीले पेल्न थालेपछि शिक्षकहरुको मनोवल घटदै गएको बताए ।
उनले शिक्षकहरु पनि आफनो मर्यादा र महत्व विर्सेर दल र नेताको पिछलग्गु बन्दा आफनै महत्व घटाएको बताए । शिक्षा बिना स्मृद्वि कल्पना समेत गर्न नसकिने भन्दै उनले निजी विद्यालयहरुले पनि शिक्षालाई व्वयसायका साथै गरि जेहेन्दारका लागि सेवाको रुपमा चित्रण गर्न सक्नु पर्ने बताए ।

भक्तपुरमा रहेको काठमाण्डौं वल्र्ड स्कुलका सञ्चालक मिथिलेश झाले शिक्षामा देशको लगानि विदेश पलायन भइरहेको देखेर आफुहरु विदेश भन्दा पनि गुणस्तरीय शिक्षा देशमै पनि दिन सक्ने वातावरणका लागि विद्यालय निर्माण गरेको भन्दै एक पटक घुम्न आउन आग्रह गरेका छन् ।
कार्यक्रममा जनकपुरधाम उद्योग बाणिज्य संघ र चेम्वर अफ कर्मश धनुषाका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह र सरोज मिश्रले निजी विद्यालयहरुलाई अभिभावको पिडा बुझन र पैसाको महत्प बुझेर मापदण्ड बिनाको विद्यालय छ कि छैन समिक्षा गर्न आग्रह गरे । उनीहरुले शिक्षालाई सेवा मुलक व्यवसायको रुपमा समेत बुझन आग्रह गरे । कार्यक्रममा शिक्षा विज्ञ केशर बहादुर दुलालले विद्यालय र शिक्षाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने पत्रकार घनश्याम मिश्रले सहजीकरण गरेको थियो ।