FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

एसपी रिपोर्टर
जनकपुरधाम, चैत १६ :
नेपाल प्रेस युनियन धनुषा शाखाले लोकतान्त्रिक आन्दोलनका योद्वा प्रजातन्त्र सेनानी स्व. मथुरा प्रसाद उपाध्यायको स्मृतीमा पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । जनकपुरधाममा युनियन धनुषाले स्व. उपाध्यायको २६ औं पुण्यतिथीको अवसरमा एक समारोहको आयोजना गरि पाँच लाख राशीको अक्षयकोष स्थापना गरि स्व. मथुरा प्रसाद उपाध्याय पत्रकारिता पुरस्कार घोषणा गरिएको छ ।

समारोहमा स्व. उपाध्यायका सुपुत्र तथा नेपाल प्रेस युनियनका संघिय पार्षद प्रफुल्लराज घिमिरेले स्व. पिताको नाममा पत्रकारिता पुरस्कारको घोषणा गरेका थिए भने पुरस्कार प्रेस युनियनले प्रदान गर्ने जनाएका थिए छ । उनले लोकतान्त्रिक र प्रजातान्त्रिक आन्दोलनमा योगदान पुरयाएकाको बालबच्चाहरुलाई अहिलेका सत्ताभोगीहरुले बिर्षेको बताएका छन् ।

समारोहमा जनकपुरधामका मेयर मनोज कुमार साहले प्रेस युनियनको वृतिविकासका लागि आफु हरसम्भव प्रयास गर्ने भन्दै स्थापित पुरस्कार कोषमा पनि संस्थागत वा व्यक्तिगत सहयोग गर्ने बताए । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष अनिल कुमार कर्ण र प्रेस स्वतन्त्रता सेनानी राम भरत साहले स्व. उपाध्यायलाई स्मरण गर्दै नेताहरुले योगदान दिएकालाई विर्सिदा कांग्रेस कमजोर भएको र गठबन्धनको साहारा लिन परेको बताए । उपाध्यक्ष कर्णले कोषमा १० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य शैलेन्द्र झा, प्रेस युनियन मधेशका उपाध्यक्ष धिरेन्द्र साह र कांग्रेसका युवा नेता प्रवेश चौधरीले स्व. उपाध्यायलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष राजन सिंहले गत स्थानिय तहको निर्वाचनमा कांग्रेसले योग्य व्यक्तिलाई पाखा लगाउन खोज्दा प्रेस युनियन धनुषा पार्टीको पनि नसुनेर लोकतन्त्रका लागि बगावत गरेको भन्दै अहिले नेतृत्वमा पुग्नेहरु युनियनलाई विर्सन नहुने बताएका छन् ।

एता जनकपुरधाम वडा नं. ११ को हनुमान धर्मशालामा आयोजित स्व. उपाध्यायको श्रद्धाञ्जलीसभामा पनि कांग्रेसका नेताहरुले स्व. उपाध्यायको योगदान र कांग्रेस तथा समाजमा गरिएको लगानीको चर्चा परिचर्चा गरेका छन् । कांग्रेसको सो वडाका वडासभापती संजय साहको सभापतित्वमा भएको कार्यक्रममा मधेस प्रदेश सरकारका पुर्वमन्त्री तथा सांसद राम सरोज यादवले स्व. उपाध्यायले कांग्रेसका लागि दिएको योगदानको उचित सम्मान हुन नसकेको बताए ।

कार्यक्रममा पुर्व सांसद प्रमिला दास, नेका जिल्ला उपसभापति गणेश झा, वरिष्ठ पत्रकार रामभरत साह, पार्टीको जिल्ला सदस्य उमेश साह, युवा नेता तथा स्व. उपाध्यायका सुपुत्र प्रफुल्ल राज घिमिरे, नगर उपसभापति राकेश बिक्रम, नगरका पुर्वसभापतीहरु, नेकपा समाजबादीका नगर सभापति प्रमोद साह, नेताहरु धिरेन्द्र मोहन झा लगायतकाले स्व. उपाध्याय प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा लोकतन्त्र, प्रजातन्त्र र कांग्रेसका लागि योगदान दिएका यस्ता व्यक्तिहरुको स्मरण र परिचयमा पुस्तकहरु प्रकाशन हुनुपर्ने मांग उठेको थियो ।

बैठकबाट अब उपरान्त यस्ता व्यक्तिहरुको स्मृति दिवस मनाउनु भन्दा जन्म दिवस मनाउने साझा सुझाव आएको थियो । कार्यक्रममा वडा नम्बर ७ का सभापति श्याम साह, सचिव प्रमोद कुमार श्रीवास्तव, जानकी साह ,मनोज साह, बलराम साह, पेट्रोलियम डिलर एशोशिएसनका अध्यक्ष लगायत वडा नम्बर १० र ११ का निर्वाचित वडा सदस्य जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।

Tags: पत्रकारिता पुरस्कार घोषणा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपामा राजेन्द्र महतोको विद्रोह, केन्द्रिय समिति बैठक बहिष्कार, भण्डारीको कटाक्ष
एस.पी. खबर विशेष

लोसपामा राजेन्द्र महतोको विद्रोह, केन्द्रिय समिति बैठक बहिष्कार, भण्डारीको कटाक्ष

15 mins ago
विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै
एस.पी. खबर विशेष

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै

39 mins ago
मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०
एस.पी. खबर विशेष

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

2 hours ago
राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

2 hours ago
लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि
मधेश प्रदेश

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

23 hours ago
राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

23 hours ago
भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव
अन्तर्राष्ट्रिय

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

1 day ago
कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो
मधेश प्रदेश

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

1 day ago
समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग
आर्थिक

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

2 days ago
एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट
आर्थिक

एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट

2 days ago

ताजा समाचार

लोसपामा राजेन्द्र महतोको विद्रोह, केन्द्रिय समिति बैठक बहिष्कार, भण्डारीको कटाक्ष

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy