एसपी रिपोर्टर
जनकपुरधाम, चैत १४ : स्थानिय पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण प्रदान गरिएको छ । एफसीएको सहयोगमा रतौली युवा क्लवको आयोजनामा समाजिक आर्थिक शसक्तीकरण परियोजना सञ्चालनमा रहेको धनुषाको लक्ष्मििनियाँ गाँउपालिकाका दुई वटा वडाका सचिव सहित पालिकाका अध्यक्ष, उपाध्यक्ष र सातवटै वडाका वडाअध्यक्षहरुका साथै परियोजना अन्तर्गत गठन भएको महिला समुहकी पदाधिकारीहरु सहितकालाई एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा लक्ष्मिनियाँ गाँउपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले परियोजनाले समावेशिता, समानताका लागि एक प्रकाश दिने दिप जस्तै भएको बताएका छन् । उनले पाएको अधिकार पनि चाहा नरहेको अवस्थामा यस्ले सो अधिकार प्रयोग गर्न समेत सिकाएको बताए ।

रतौली युवा क्लवका कार्यकारी निर्देशक बैद्यनाथ चौधरीले पालिकाले परियोजनालाई अपनत्व ग्रह्ण गर्न सके अझै धेरै सुधार गर्न सकिने बताए । आफुहरु सबै काम सशुल्क भन्दा पनि स्वयमसेवकको रुपमा समेत काम गर्न तयार रहेको उनले बताए ।
यस अघि जनकपुरधाममै परियोजना सञ्चालनमा रहेको महोतरीका थप दुई पालिकाहरु पिपरा र मठिहानीका दुई/दुई वडाका सम्बन्धित पक्ष सहितकालाई सात दिवसीय रिफलेक्ट प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको र सो तालिम सोमवार सम्पन्न भएको कार्यक्रम संयोजक भुलले बताए ।