एसपी रिपोर्टर
जनकपुरधाम, चैत १३ : ‘राम्रो भविष्यका लागि शिक्षा’ मूल नाराका साथ काठमाडौं वर्ल्ड स्कुलले सुरु गरेको ‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम आयोजना गर्न लागेको छ । काठमाडौं वर्ल्ड स्कुलले सांस्कृति तथा धार्मिक नगरी एवं मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मिथिला यात्री निवासमा आगामी शनिबार दिउँसो ३ बजेट एक शैक्षिक कार्यक्रमको आयोजना गर्न लागेको जनाइएको छ ।
विशिष्ट श्रेणीको स्तर कायम गरेको शिक्षण संस्थाको रुपमा परिचित काठमाडौं वर्ल्ड स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । शनिबार जनकपुरधाममा आयोजना हुन लागेको कार्यक्रममा स्कुलका चेयरमेन ई.डा.मिथिलेशकुमार झा र प्रिन्सिपल केशर बहादुर खुलालले आफ्नो अनुभव आदान प्रदान गर्ने बताइएको छ ।
चेयरमेन ई.डा.झाका अनुसार देशको संघीय राजधानी काठमाडौंमा रहेको वर्ल्ड स्कुलमा हुने पढाई र विद्यार्थीले अहिलेसम्म गरेको प्रगतिका बारे जानकारी दिइनेछ । यो कार्यक्रमले मधेशको शैक्षिकस्तर सुधारमा योगदान पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।
’वल्र्ड स्कुलको नेपाल टुर’ अन्तरगत यस अघि कोशी प्रदेशको धरान, बिर्तामोड़ , इटहरी लगायतका स्थानहरुमा कार्यक्रम सम्पन्न गरिसकेको छ । कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका विसयमा खुल्ला संवाद सँगै किन काठमाडौं वल्ड स्कुल बालबालिकालाइ पढाउने भन्ने बारे जानकारी दिइने छ । मधेश प्रदेशलाइ लक्षित गरेर राजधानी जनकपुरधाम सँगै बीरगंज, राजविराज लगायतका स्थानमा यो कार्यक्रमको आयोजन हुन लागेको हो ।
यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइ छात्रछात्रालाइ उच्चकोटिको शिक्षा दिन विशेष कक्षाहरू संचालन गर्ने बारे विशेष जानकारी दिन कार्यक्रमको आयोजन गर्न लागिएको बताइएको छ ।
पढ़ाई र सिकाईको लागि कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्ने मान्यताका साथ वर्ल्ड स्कुलले आफ्नो शिक्षण पद्धतिलाइ अगाडि बढाउँदै आएको ई.डा. कुमार झाले विशेष प्रस्तुति दिने बताएका छन् ।