एसपी रिपोर्टर
जनकपुरधाम, चैत १० : जनकपुरधाममा पनि विभिन्न कार्यक्रम गरि बिश्व क्षयरोग दिवस मनाइएको छ । सो अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषा शाखाले प्रभातफेरी गर्नुका साथै स्थानिय सरकारसंग संवाद गर्दै जनकपुरधाममा क्षयरोगको अवस्था र निवारणका लागि स्थानिय सरकारले खेल्नुपर्ने भुमिकाको विषयमा विर्मश गरेका छन् ।
सो अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषा शाखाका महासचिव सन्त व्यथितले आज भन्दा करिव डेढसय वर्ष पहिले सन १८८२ मा जर्मनीमा बैज्ञानिक डा. रोबोट पोकले म्याकोब्याटेरियम टयुवर क्लोशिस किटाणु पत्ता लगाए देखि क्षयरोग अर्थात टिबी रोगबाट ग्रसित विरामीहरु मध्ये कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले नयाँ नयाँ अविष्कार हुदै गएको बताए । त्यसपछि नेपालमा पनि २४ मार्चका दिन बैज्ञानिक पोकले क्षयरोगको औषधी समेत पतालगाउनु भएकाले सो तारिकलाई बिश्व क्षयरोग दिवसको रुपमा मनाउन थालिएको उनले बताए ।

प्रभातफेरीमा संस्थाका सभापती चन्द्र प्रकाश भगत, उपसभापती अशोक रौनियार, सह–सचिव सर्वण आचार्य
दर्जुन बहादुर क्षेत्री, दिनेश शर्मा सहितको उपस्थिती थियो । सचिव कार्कीले देशको कुल ३२ जिल्लामा शाखाहरु रहेको संस्थाले क्षयरोग सम्बन्धी विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको बताए ।
जनकपुरधामको वडा नं. १० मा संस्थाद्वारा आजै आयोजित समुदायका अगुवाहरुको क्षयरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रममा जनकपुरधामका मेयर मनोज कुमार साहले क्षयरोग निवारणको अभियानमा संस्थाले खेलेको भुमिकाको प्रशंसा गरेका थिए । साहले क्षयरोग निवारण गर्न समुदायमा चेतना अभिवृद्धि गर्दै जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

उपमहानगरपालिकाका चिकित्सक फिजिसियन डा. रामकृष्ण कुमार साहले क्षयरोगका बारेमा प्रकाश पारेका थिए । २०७० सालको सर्वेक्षण अनुसार नेपालमा वर्सेनि ६९ हजार क्षयरोगका बिरामी भेटने गरेका छन् जस्मा १७ हजारको हाराहारीमा यो रोगले मृत्यु पनि भइरहेको छ । हाल ३ प्रतिशतको दरले बिरामी संख्या घट्दो क्रममा रहेको र सहस्त्राविधि २०३० सम्म क्षयरोग पूर्णत: निवारण गर्ने लक्ष्य हासिल गर्न १० प्रतिशतको दरले बिरामी संख्या घटाउनु जरुरी देखिएको छ । अभिमुखिकरण कार्यक्रममा वडा अध्यक्ष मिथिलेश कुमार कर्ण, महिला अगुवा सम्झना वर्मा, जमुना भुजेल सहितको उपस्थिती थियो ।
