एसपी रिपोर्टर
जनकपुरधाम, चैत ४ :
ब्लड फर नेपाल धनुषाका संयोजक बलराम प्रसाद गुप्ताले ४ दिने नवजात शिशुलाई रक्तदान गरेका छन् । स्थानीय जानकी हेल्थ केयरमा उपचाररत ४ दिने नवजात शिशुलाई रगत ट्रान्समिशन गर्ने आवश्यकता परेपछि संयोजक गुप्ताले शिशुलाई रक्तदान गरेका हुन् ।
शिशुलाई दुई पोका ‘बी निगेटिभ’ रगतको आवश्यक परेपछि संयोजक गुप्ताले रक्त सञ्चारमा गएर रक्तदान गरेका छन् ।
यसैबिच, जनकपुर राउण्ड टेबलको आयोजना र ब्लड फर नेपाल धनुषाको सह–आयोजनामा जनकचोकमा रक्तदान कार्यक्रमसमेत गरिएको छ । कार्यक्रममा ७८ जना रक्तदाताले रक्तदान गरेका थिए । ब्लड फर नेपाल धनुषाका संयोजक गुप्ताले रगत व्यस्थापनमा दिनरात लागेर विरामीको जिवन जोगाउँदै आएका छन् ।
ब्लड फर नेपालले रक्तदान कार्यक्रम, आवश्यक विरामीलाई रगत व्यावस्थापन, रक्तदान सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।