एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ४ : नेपाली कांग्रेस धनुषाले आइतवार हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानललाई जिताउन पार्टीका सम्पुर्ण पंक्तिलाई सक्रिय हुन निर्देशन दिएको छ ।
कांग्रेस धनुषाका सचिव कन्हैया कुमार कर्णद्वारा जारी विज्ञप्तीमा गत चैत ४ गते सम्पन्न कांग्रेस धनुषा जिल्ला कार्यसमितिको बैठकले स्ववियुमा नेविसंघको प्यानलनै विजयी गराउनुपर्ने अठोट गरिएकाले सोहि अनुसार पार्टीका नेता, कार्यक्रता, विभिन्न भातृ तथा शुभेच्छुक संगठन र व्यक्ति सहितकालाई सक्रिय भई नेविसंघको पक्षमा मतदानका लागि पहल गर्न आग्रह गरेको उल्लेख छ ।
एता तराइ मधेस बिद्यार्थी फ्रन्टले भोलीको स्ववियु निर्वाचनमा नेबिसंघलाई समर्थनको घोषणा गरेको छ । जनकपुरधामको राराब क्याम्पसमा नेबिसंघका मनिष यादव समूहलाई जिताउन फ्रन्टका अध्यक्ष राकेश यादवले प्रेस विज्ञप्ति जारी गरेका छन् ।