एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २७ : जनकपुरधामको एतिहाँसिक बाह्रबिघ्घा रंगभुमि मैदानको वृहत सरसफाई गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको अगुवाईमा जनपथ प्रहरी, सशस्त्र प्रहरी, उपमहानगरपालिकाका कर्मचारी र नागरिक अगुवाहरुको सहभागितामा रंगभुमि मैदानको सरसफाई गरिएको छ ।
१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाका तिर्थालुहरु अन्तिम दिन जनकपुरधाम आइपुग्दा बाह्रबिघ्घामै बास बसने परम्परारहेकाले तिर्थालुहरुले ल्याएको पराल सहितका फोहरहरु थुप्रिएर रंगभुमि मैदान फोहर भएको र मैदानमा अगामि फाल्गुन २८ गते देखि महायज्ञ समेत हुने भएकाले वृहत सरसफाई गरिएको उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले बताए ।

सरसफाईमा वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह, महायज्ञ आयोजन समितिका अध्यक्ष जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साह, अधिवक्ता श्याम कुमार मिश्र सहितको सहभागिता रहेको थियो ।





