एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २७ :
जनकपुरधाम स्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल प्रा.लीले विविध कार्यक्रम गरि आफनो १७ औं वार्षिकोत्सव मनाइरहेको छ । वार्षिकोत्सवको अवसरमा आज शनिवारबाट चैत ४ गते सम्म विभिन्न कार्यक्रम गरिने अस्पतालले जनाएको छ । पहिलो दिन शनिवार अस्पतालको सरसफाइ गरिएको छ ।

साथै यात्री निवास देखि बजरंग चौक सम्मको सडकमा समेत सरसफाइ गरिएको छ । त्यसैगरि अस्पताल परिषरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको जस्मा अस्पतालका कर्मचारी, नर्श, चिकित्सक सहितका गरि दर्जनौंले रक्तदान गरेका छन् ।

अस्पताल वार्षिकोत्सवको अवसरमा उपचार र प्याथोलोजीमा जाँचमा सहुलियतको व्यवस्था समेत गरिएको अस्पतालका निर्देशक हरिशचन्द्र यादवले बताएका छन् । सो अवसरमा शनिवार ओपीडी सेवा निशुल्क गरिएको र अस्पताल परिषर तथा पछाडि भागमा वृक्षारोपण समेत गरिएको छ । अस्पतालले थप अन्य समाजिक गतिविधीहरु गर्दै आफनो वार्षिकोत्सव मनाउने कार्यक्रम रहेको जनाएको छ ।