एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १८ :
हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र १५ दिने मिथिला मध्यमा परिक्रमाका श्रद्धालुहरुका लागि नेपाल–भारत खुला सीमा सम्वाद समुहले आज पाँचौ हेल्प डेस्क प्रसिद्ध धर्म स्थल सतोषरमा सञ्चालन गरिरहेको छ ।

मिथिला मध्यमा परिक्रमाको बिहीवार एघारौं दिन नेपालको सतोषरमा नेपाल–भारत खुला सीमा सम्वाद समूह मधेस प्रदेशको सह संयोजक दिपक यादवको संजोकत्वमा नि:शुल्क सेवा शिविर सञ्चालन गरिएको छ ।

समूहका धनुषा जिल्ला अध्यक्ष मनोज साहको अध्यक्षता तथा बलराम कुमार राय, कमलेश कुमार राय, संजय राय, बैजनाथ साहको सहभागिता प्राथमिक उपचार सहितका सहायताका कार्यहरु संस्थाका पदाधिकारीहरु द्वारा संचालनमा रहेको छ ।

शिबिर भोलि धनुषाको औरही हौरसाहामा समेत सो सेवा जारी रहने समूहका केन्द्रीय अध्यक्ष राजीव झाले जानकारी दिएका छन् । यसअघि, मिथिला मध्यमा परिक्रमाको पहिलो दिन नेपालको हनुमानगढी जनकपुरधाममा, भारतको कलानेश्वर, गिरजा स्थानमा, पर्बत्ता, धनुषाधाममा सफलताको साथ शिबिर संचालन गरिएको थियो । सेवा शिबिर संचालनमा जनकपुरधामको औषधि ब्यबसायी गनेश यादवले केही औषधि सहयोग गर्नु भएको थियो ।