एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १७ : नेपाल सार्वजानिक सेवा कर्मचारी संघ धनुषाको नयाँ कार्यसमिति चयन भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस संग आवद्व संघ धनुषाको १२ सदस्सीय नयाँ कार्यसमिति चयन भएको हो । बिल्टु राइनको अध्यक्षतामा चयन भएको कार्यसमितिको उपाध्यक्षमा प्रमोद कुमार गोइत, परमशिला देवी, सचिवमा रितेश कुमार गुप्ता, कोषाध्यक्षमा विजय कुमार मण्डल चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा रामइश्वर यादव, नन्द किशोर चौधरी, योगेन्द्र प्रसाद यादव, परमेश्वर यादव, उषा कुमारी यादव, राम प्रवोध यादव र लालबाबु झा रहेका छन् ।