एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १५ : वीरेन्द्र कर्णको नेतृत्वमा नेपाल कराते महासंघ धनुषा जिल्लाको तदर्थ समिति गठन गरिएको छ । धनुषाका करातेकर्मीको भेलाले जिल्लाका वरिष्ठ प्रशिक्षक तथा मधेस प्रदेश प्रमुख रामचन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न बैठकले कर्णको नेतृत्वमा ७ सदस्यीय जिल्ला समिति गठन गरिएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा अखिल मढी, उपाध्यक्षमा रामपुनित महतो, महासचिवमा सुभाषकुमार शर्मा र कोषाध्यक्षमा शिवशंकर यादव चयन भएका छन् ।
सदस्यमा इसराफुल राईन र राजकुमार साह तथा सल्लाहकारमा सुभाष पाठक रहेका अध्यक्ष कर्णले जानकारी दिए । त्यस्तै, प्रदेश प्रतिनिधिमा रामचन्द्र ठाकुर, जिवछ भगत, पाल्छ्ङ योन्जन र निश्चल सिंहलाई सिफारिस गरिएको छ ।