एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ९ : वक्ताहरुले मैथिली भाषामाथी संकट रहेको बताउदै भाषा प्रतिको अपनत्व विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । मैथिली विकास कोषको आयोजनामा जनकपुरधाममा भएको अन्तराष्ट्रिय मातृभाषा दिवस २०२३ मातृभाषामा शिक्षा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मैथिली भाषा सिमित जातजातीको मात्र भाषा रहेको सन्दर्श र हल्ला विस्तारिदै गएको बताउदै मैथिली भाषाका लागि सो कुरा विष जस्तै भएको र सबैको अपनत्व नबढे संकट रहेको बताए ।

उनले तिन तहको सरकार र संघिय प्रणालीमा समेत प्राथमिक शिक्षामा मैथिली भाषाको पढाई सुरु हुन नसक्नु दु:खद रहेको बताए । सभामुख मण्डलले जसरी संस्कृतलाई देवमुनीहरुको मात्र भाषा भनियो र संस्कृत भाषा नै डेड (मृत्यु) भयो, त्यसरी नै मैथिली सबै जातजातीको भाषा हुन नसके यस भाषाको पनि मुत्यु हुने संकट रहेको बताए ।
उनले प्रदेशसभामा कुल १२ सांसदले मैथिली भाषामा सपथ लिएको बताउदै ति सम्पुर्ण सांसदलाई बसाएर योजना पेश गर्न अभियानीहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा भाषाविद्व डा.रामअवतार यादवले सन १९५२ फेव्ररुअरी २१ मा बंगलादेशको ढाका विश्वविद्यालयमा भएको भाषिक आन्दोलनमा पाँचजनाले शहादत दिएपछि मातृभाषा संस्थागत रुपमा अभियान भएको र पछि सोहि दिनमा दिवसको रुपमा मनाउन थालिएको बताए ।

उनले असंख्यक आमाहरु नै आफु बोल्ने भाषाको बारेमा जानकार नरहेको बताउदै भाषा प्रतिको अस्पष्टता र आशंकाले संस्कृती र पहिचान नै लोप हुदै गएको बताए । त्यसैगरि विद्वान डा. राजेन्द्र प्रसाद विमलले मैथिली भाषा सधै खुट्टाको बलमा नभई टाउको बलमा मात्र चल्ने गरेकाले आज संकटमा रहेको भन्दै वालवालिकाहरुको प्राथमिक तहकै शिक्षामा मैथिली पढने वातावरणको निर्माण हुन आवयश्क रहेको बताए ।
डा. विमलले मैथिली भाषा चुनाव अघिको मुख्य एजेन्डा बन्नु पर्ने र भाषाप्रतिको माया रहेको उम्मेदवारलाई मात्र मत दिनुपर्ने बताए । त्यसै गरि मधेश प्रज्ञा प्रतिष्ठानका उपकुलपती रामभरोष कापडि भ्रमरले स्वयम र प्रतिष्ठानको तर्फबाट मैथिली भाषाको विकास र शब्दकोष निर्माण गर्ने प्रतिवद्वता व्यक्त गरे । उनले मैथिलीलाई मधेशको कामकाजको भाषा बनाउन नसक्नु दु:खद रहेको बताए ।

कार्यक्रममा अभियानी रोशन जनकपुरी, परमेश्वर कापडि नेताहरु रामसरोज यादव, परमेश्वर साह, वृशेषचन्द्र लाल सहितकाले मैथिली भाषालाई सत्ता सरकारको साहारा नरहेपनि समाजले नै जिवन्त राखेको बताउदै राजनितिक दल सरकारलाई सचेत गराउन आवयश्यक रहेको बताए । कलाकार तथा साहित्यकार रमेश रञ्जन झाले आफुलाई २०७८ सालको जनगणनामा मैथिली भाषा सातौ नम्वरको भाषामा खस्किरहेको अपुष्ट खवर आएको बताए । कोषका अध्यक्ष जिवनाथ चौधरीले संघिय प्रणालीमा पनि पञ्चायतकाल जस्तै सडक र नालाकै विकास प्राथमिकतामा पर्ने गरेकाले पहिचान, भाषा र संस्कृती संकटमा परिरहेको बताए ।

कार्यक्रममा जनकपुरधामका उपप्रमुख किशोरी साह, नेतृ विभा ठाकुर, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु मिश्र गायत्री, साहित्यकार महेन्द्र मिश्र, पुनम झा मैथिल, कलाकार सुनिता मण्डल सहितको उपस्थिती थियो ।