एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ८ :
क्लोथ बैंक नेपाल र नेपाल–भारत खुला सिमा संबाद समूहको संयुक्त आयोजनामा हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मिथिला मध्यमा परिक्रमाको क्रममा हेल्प डेस्क स्थापना गरि तिर्थालुहरुलाई सहयोग गरिएको छ ।

परिक्रमाको पहिलो दिन विश्राम स्थल जनकपुरधामको श्री हनुमानगढीमा साधु, सन्त, महात्मा तथा श्रद्धालु भक्तजनहरुको सेवा र सुबिधालाई ध्यानमा राखी स्थापित हेल्प डेस्कमा प्राथमिक उपचार सहित चिया र पानीको व्यवस्थापन गरिएको छ । आवयश्क परेकाहरुका लागि निशुल्क औषधीको समेत व्यवस्था गरिएको बैंकका सचिव मनिष श्रीओमले बताए ।

हेल्प डेस्कमा जिल्ला समन्वय समिति धनुषाको सभापति राज नन्दन मंडल, जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर किशोरी साह, तमलोपाकि नेतृ विभा ठाकुर, रामजी राय, सञ्चारकर्मी ज्योती झा, माला राय, बरुणा कर्णको उपस्थिती रहेको साथै क्लोथ बैंकको कोषाध्यक्ष रुबि झा, कृष्ण कुमार साह, नेपाल तरुण दलको उपसभापति राकेश बिक्रम साह, स्वास्थ्यकर्मीका अगुवा राम गोपाल साह, रंन्जीत झा, धनेश्वर ठाकुर, सुनिल कुमार गुप्ता लगायतको सहभागीता र सक्रियतामा डेस्क संचालन गरिएको थियो ।