एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २ : १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमालाई लक्षित गर्दै व्यवस्थापनको विषयमा वृहत छलफल भएको छ । वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदको अगुवाईमा भएको छलफलमा परिक्रमाका तिर्थालुहरुको सुरक्षित बसोबास, खानेपानी र सहज यात्राको विषयमा छलफल भएको वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले बताए ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु सहित मठिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डल सहितका पालिका प्रमुखहरु, मठ मन्दिरका महन्थहरुको उपस्थिती थियो ।