एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २ : जनकपुर साहित्य महोत्सव अन्तर्गत जनकपुरधाममा कविता तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । विभिन्न पचास वटा विद्यालयहरुको सहभागितामा भएको प्रतियोगीताका उत्कृष्ट पाँच प्रतियोगीहरुलले अगामि फागुन ११, १२ र १३ गते श्री जानकी मन्दिर प्राङ्गणमा आयोजना हुने जनकपुर साहित्य महोत्सवको विशेष समारोहमा आफना कविता र तर्क प्रस्तुत गर्ने छन् ।
सो कार्यक्रममा प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर, नागरिक अगुवा अमर चन्द्र अनिल सहितकाले आफनो धारणा राखेका थिए भने मिथिलाका चर्चित कवि र साहित्यकारहरु निर्णायकका रुपमा रहेको महोत्सवका स्थानिय संयोजक अमित साहले बताए ।