एसपी रिपोर्टर
जनकपुरधाम, माघ २९ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य डा. शरदसिंह यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । सप्तरी घर भएका डा. यादवलाई जनमतका अध्यक्ष डा. सीके राउतले पार्टीमा प्रवेश गराएका हुन । अध्यक्ष राउतले नेता डा. यादवलाई सदस्यता समेत प्रदान गरेका छन् ।
डा. यादव मधेश आन्दोलनका अगुवा भनेर चिनिन्छ । जनमतमा प्रवेश गरेपछि उनले नयाँ राजनीतिक जीवन सुरु गरेको बताए । उनले सामाजिक संजालमा लेखेका छन् ‘जनमत पार्टीको साधारण कार्यकर्ताको रुपमा संगठन निर्माणमा लाग्नेछु ।’
बौद्विक व्यक्तित्वको रुपमा चिचिने डा. यादव गत निर्वाचनमा पनि सप्तरीमा सक्रियता देखाएका थिए । सो अवसरमा पार्टी अध्यक्ष डा. यादवले जनमत पार्टी अव मधेश सहित पहाड र हिमालमा पनि संगठन बनाएर राष्ट्रिय शक्तिका रुपमा अगाडि बढने बताए । दुई प्रदेश र संघिय सरकारमै सामेल रहेको बताउदै उनले अव राष्ट्रमै पार्टीलाई विकल्पका रुपमा उभ्याउने बताए ।