एसपी रिपोर्टर
जनकपुरधाम, माघ २९ : मुख्यमन्त्री सरोज कुमार यादवले यस अघिको मधेश सरकारमा सव भन्दा बढि बदनामी गर्ने किशिमको काम समाजिक विकास मन्त्रालयबाट भएको टिप्पनी गरेका छन् । मधेशको राजधानी जनकपुरधाममा आइतवार समाजिक विकास मन्त्रालयद्वारा आयोजित समिक्षा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले निर्वतमान सरकारलाई बदनाम गर्ने काम यस अघिको समाजिक विकास मन्त्रालयले गरेको आरोप लगाएका छन् ।
उनले मानविय संवेदनशिलता संग जोडिएको प्रदेशको स्वास्थ्य स्तर उकास्न सबैले मिलेर जानु पर्ने बताए । सरकारी अस्पतालमा गरिव जनता पनि उपचार गर्न डराउने अवस्था रहेको मुख्यमन्त्री यादवको भनाई थियो ।
उनले जथाभावी स्थानिय तहमा औषधी नपठाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ । प्रादेशिक अस्पतालमा औषधी पुगेपछि मात्र स्थानिय तहमा माग अुनसार औषधी पठाउनु पर्ने उनको कथन छ ।

यसअघिको सरकारले स्थानिय तहमा पठाएको कर्मचारीको पनि तलव आफुहरु दिन नसक्ने उनको भनाई छ । कार्यक्रममा समाजिक विकास मन्त्री सुरिता कुमारी साहले कर्मचारी, चिकित्सक र प्राविधिकहरुलाई जनताको सेवा गर्ने समयमा आफनो काममा समय बर्बाद नगर्न आग्रह गरेका छन् ।
अर्थ मन्त्री संजय यादवले जनतासंग प्रत्यक्ष जोडिएको समाजिक विकास मन्त्रालय जनतालाई राहत महशुस हुने गरि काम गर्न आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेश सांसदहरु, समाजिक विकास मन्त्रालयका कर्मचारी र विभिन्न अंगहरुका प्रतिनधीहरुको उपस्थिती रहेको थियो ।