एसपी रिपोर्टर
जनकपुरधाम, माघ २८ :
पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरधामको नवकार्यसमितिकालागि धाँधलीपूर्ण तरिकाले निर्वाचन भईरहेको आरोप लगाइएको छ ।
पेट्रोलियम डिलर्स एसोसिएसनको साधारण सदस्य किसुनदेव साहले निर्वाचन कानून बमोजिम नभई अनियमित तरिकाले भईरहेको आरोप लगाएका हुन् । उनले निर्वाचन प्रमुखलाई एक पत्र लेख्दै निर्वाचनलाई निश्पक्ष एवं भयरहित बनाउनका लागि माग समेत गरेका हुन् ।
साहले संस्थालाई नै कब्जा गर्ने गरी फर्जी मतदाताहरु खडा गरिएको आरोप लगाउँदै निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन प्रमुखलाई पत्र लेखेर आग्रह गरेका हुन् । यसका साथै उनले निर्वाचनमा प्रतिनिधि नभई प्रोपराइटर वा मतदाता स्वयं उपस्थित हुनुपर्ने, फोटो सहितको मतदाता परिचयपत्र हुनुपर्ने, मतदान स्थलमा अध्यक्षको उम्मेदवार बाहेक कोही बस्न नपाउने, मतदानको समसयमा मोबाइल वा विद्युत्तिय कुनै सामाग्री लान नपाउने गरी मतदानको व्यवस्थापन गर्न समेत माग गरेका छन् ।
किसुनलाई पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरधामको द्वितिय उपाध्यक्ष ललित साहको साथ समेत पाएका छन् ।