एसपी रिपोर्टर
जनकपुरधाम, माघ १४ :
सुनचाँदी कालिगढ संघ जनकपुरधामको अध्यक्षमा नागेन्द्र ठाकुर निर्वाचित भएका छन् । शनिवार भएको महासंघको निर्वाचनमा महेन्द्रले १ सय २८ मत ल्याउँदै निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वीहरु विजय ठाकुरले ९१ र शिव ठाकुर सोनारले ७३ मत मात्रै ल्याउन सके ।
११ सदस्यीय सुनचाँदी कालिगढ संघ जनकपुरधामको ४ पदका लागि मात्रै निर्वाचन भएको थियो । बाँकी पदमा उम्मेदवारहरु यसअघि नै निर्वाचित भई सकेका छन् । शनिबार अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदकालागि निर्वाचन भएको थियो ।
उपाध्यक्षमा मनोजकुमार ठाकुर विजयी भएका छन् । उनले १ सय ७० मत ल्याए भने उनका प्रतिद्वन्द्वी दिनेश ठाकुरले १ सय २८ मत मात्रै ल्याउन सके । त्यस्तै महासचिव पदमा १ सय ५६ मत ल्याएर वीरेन्द्रकुमार साह विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी अनिलकुमार ठाकुरले १ सय ४६ मत मात्रै ल्याउन सके ।
कोषध्यक्षमा प्रमेश्वर साहले १ सय ६१ मत ल्याएर विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी सुमन साहले १ सय ४२ मत ल्याए ।
सचिव पदमा भने अभिशेक ठाकुर यस अघि नै निर्विरोध भईसकेका छन् । कार्यकारिणी सदस्यहरुमा अजयकुमार ठाकुर, महेन्द्र ठाकुर, सुरतराम साह, गोविन्दकुमार ठाकुर, विकास कुमार श्रीवास्तव र सुधिरकुमार साह निर्विरोध भईसकेका छन् ।





