एसपी रिपोर्टर
जनकपुरधाम, माघ १४ : धनुषा नगराइन नगरपालिकाका विभिन्न स्थान सरसफाइ गरिएको छ । जनमत पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयवासीले शनिबार नगरराइन नगरपालिका कार्यालयसहित राजेश्व निधि माध्यमिक विद्यालयलगायत विभिन्न स्थानमा सरसफाइ गरेका हुन् ।
त्यसक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य ई. शम्भुनाथ साहले नगरपालिका सरसफाइमा ध्यान दिएकोले आफूहरू यो अभियान जुटेका बताउनुभयो । उहाँले नगरपालिकाले सरसफाइ अब पनि ध्यान नदिए पालिकाको फोहोर नगरपालिका कार्यालय अगाडि थुपार्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा जनमत पार्टीका नगर अध्यक्ष घनश्याम मिश्रलगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।