एसपी रिपोर्ट
जनकपुरधाम , माघ १: मधेश प्रदेशका सांसद् तथा जनता समाजवादी पार्टीका नेता रामअशिष यादवले संस्कारबिना शिक्षाको महत्व नहुने बताउनुभएको छ । आइतबार जनकपुरधामस्थित जनजाति कल्याण आश्रमअन्तर्गतको जनक छात्रावासको वार्षिकोत्सव तथा खिचडी कार्यक्रममा सांसद यादवले यस्तो बताउनुभएको हो ।
जनक छात्रावासका विभिन्न वर्ग र समुदायका विद्यार्थीहरू बस्दै आएको भन्दै भेदभाव गर्न नहुने संस्कार दिनुपर्ने बताउनुभयो । उहाँले सबैलाई समान व्यवहार गर्ने संस्कारयुक्त शिक्षा प्राप्त | गर्न सके मात्र शिक्षाको औचित्य हुने बताउनुभयो । नेपालमा पश्चिमा संस्कृति लादन खोजिएकोप्रति उहाँको आपत्ति छ ।
कार्यक्रममा समाजसेवी पवन सिंघानियाले मावनले आफले कमाएको पैसामा केही अंश दान दिनपर्ने बताउनुभयो कार्यक्रममा हिन्दू स्वयमसेवक संघका कार्यकारिणी सदस्य डाक्टर सत्यनारायण ठाकुर, प्रदेशसभा सदस्य रामअशिष यादव, जनजाति कल्याण आश्रमक राष्ट्रिय महासचिव प्रेम थुलुङ, जनक छात्रावासका अध्यक्ष कृष्ण दीक्षितलगायत सहभागी भएका थिए ।






