एसपी रिपोर्टर
जनकपुरधाम, पुष २० : मधेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत साहले भेटघाट गर्दै स्वास्थ्य अवस्था बारको जानकारी लिएका छन् । ढाँड र मेरुदण्डमा समस्या आएपनि भारतको दिल्लीमा उपचार गराएर हाल घरमै आराम गरिरहेका प्रजातन्त्र र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनका सिपाही समेत मानिने प्रखर वक्ता नेपालीलाई भेटन मन्त्री साह उनको जनकपुरधामको बेला स्थित निवास पुगेका छन् ।

मन्त्री साहले आफुहरु जनयुद्वका वेलामा पनि नेपालीको प्रखरता र निश्पक्षता देखेको भन्दै राज्यले नेपाली जस्ता महान पुरुषहरुको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । मधेश सरकारले यस्ता व्यक्तित्वहरु प्रति सधै उच्च भावना राख्ने भन्दै मन्त्री साहले नेपालीको लेख, रचना र कृती तथा प्रकाशनहरु सधै समाज र देशको हितमा हुने गरेको बताए ।
हेर्नोस भिडियो