एसपी रिपोर्टर
जनकपुरधाम, पुष १९ : जनकपुरधामस्थित हिमाली इंग्लिस बोर्डिङ स्कूलले विभिन्न कार्यक्रम गरी ३० औँ वार्षिकोत्सव कार्यक्रम मनाएको छ । वार्षिकोत्सवको अवसरमा मंगलबार स्कूलले सांस्कृति कार्यक्रमका साथै विभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह प्रमुख अतिथि रहेको कार्यक्रममा सो विद्यालयका विद्यार्थीहरुले आ–आफ्नो कला प्रस्तुतत गरेका थिए । विद्यालयका विद्यार्थीहरुले नृत्य तथा गायन कलाको प्रस्तुती दिएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापका रमेशकुमार साह, संस्थापक दिपेन्द्र साह, प्रा. दिनेशचन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो । यस अघि विद्यालयले वार्षिकोत्सवको अवसरमा विज्ञान प्रदर्शनी, रक्तदान, सरसफाइ प्रभातफेरी कार्यक्रम लगायतका कार्यक्रमको आयोजना गरेको थियो भने जानकी विद्धाश्रम र कबिल बालआश्रममा फलफूल वितरण समेत गरेको थियो ।