एसपी रिपोर्टर
जनकपुरधाम, पुष १९ : धनुषाको नयाँ प्रहरी प्रमुख एसपी बिश्वराज खडकाले जिल्लाको मुखियापट्टी मुसहरनियामा भएको गोली काण्ड र हत्याको आरोपित नजिक पुगिसकेको दावी गरेका छन् ।
मंगलवार जनकपुरधामका सञ्चारकर्मीहरुसंग साक्षात्कार गर्दै एसपी खडकाले हास्दै घटनाको अपराधीको एकदमै नजिक आफुहरु पुगिसकेको भन्दै छिट्टै मास्क लगाएर अपराधी सार्वजानिक गर्ने दावी गरेका छन् ।
उनले आफु आउने वितिकै जिल्ला प्रहरी कार्यालयको टिमको सहयोगमा धनुषामा आफनै काकीलाई बलात्कार गरि हत्या गरेको अभियुक्तलाई पनि पक्रन सफल भएको समेत उनले बताए ।
एसपी खडका त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल सुरक्षा कार्यालयबाट काज सरुवा भएर जिल्ला प्रहरी कार्यालय धनुषा आएका हुन ।





