एसपी रिपोर्टर
जनकपुरधाम, पुष १३ : धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ स्थित रहेको कुम्भकरण समुदायिक विद्यालयमा आफूखुसी र गैरकानुनी रुपमा शिक्षक भर्ना गरेको भन्दै शिक्षक सँगठनले पारदर्शीता माग गरेका छन् । कुम्भकरण विद्यालयमा करिब २० दिन अगाडी गरिएको शिक्षक नियुक्तीको प्रक्रियाबारे सोध्दै शहिदनगरका नगर प्रमुख दिनेश प्रसाद यादवलाई ज्ञापन पत्र बुझाईएको छ ।
शिक्षकहरुको सँगठन एकिकृत अखिल नेपाल शिक्षक सँगठनले बुधबार शहिदनगर नगरपालिकामा गएर नगर प्रमुख यादवलाई ६ बुँदे ज्ञापन पत्र बुझाएको हो । सँगठनका नगर अध्यक्ष श्रीकृष्ण भिन्भारको नेतृत्वमा गएको सँगठनको टोलीले सो विद्यालयमा कुन आधारमा शिक्षक नियुक्ति गरिएको बारे पारदर्शी गर्न माग गरिएको हो ।
यस्तै, नगरपालिकाबाट वालविकासको तलव पठाएको तथा उक्त तलव रोका गरी हात सम्म कार्यरत बालविकास शिक्षकको तलव फुकुवा किन नगरेको भन्दै कारण देखाउन समेत माग गरिएको छ । नगरपालिका भित्र रहेको दुइ वटा मदरर्सामध्ये एउटा मदर्शाका शिक्षकको तलब भता निकासा गरेको र दलगत रूपमा भेदभाव गरि अर्कोको निकासा २०७९ श्रावन देखि हाल सम्म किन नगरेको भन्दै प्रश्न तेर्साउँदै एक साताभित्र जवाफ दिन माग गरिएको छ ।

नगरपालिका भित्रका शिक्षक तथा कर्मचारीहरुको माग भएका प्रमाणित कागजातहरुको सकल छायाकपी लाई आधार किननमानेको ? सकल प्रमाण किन ? प्रतिलिपि वा नोटरी प्रमाणित किन होइन् ? सक्कल सिज गरि बलेकमेल गर्ने साजिस त होइन ? भन्ने प्रश्न समेत गरिएको थियो ।
ज्ञापन पत्रमा दिवाखाजा विगत २०७९ श्रावण देखि हाल सम्म निकासा किन नभएको , नगरपालिका शिक्षा शाखामा शिक्षा अधिकृत प्रावि शिक्षकलाई कुन आधारमा बनाएको ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्रमा नगरभित्र मावि, नि.मावि. तहको शिक्षक हुँदाहुँदै प्रावि तहको शिक्षकलाई शिक्षा प्रमुख कुन आधारमा बनाएको भन्दै पारदर्शीताको माग गरिएको हो । सो क्रममा नगर प्रमुख दिनेश प्रसाद यादवले ज्ञापन पत्र दर्ता गरी आवश्यक कागजातहरु झिकाएर छलफल गर्ने बताए ।





