एसपी रिपोर्टर
जनकपुरधाम, पुस ९ : महासेठ सेवा समितिका नवनिर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । जनकपुरधाम उपमहानगपालिकाका नगरप्रमुख मनोजकुमार साहको प्रमुख आतिथ्य र नेकपा एमालेको नगर अध्यक्ष सुरेन्द्र भण्डारीको विशिष्ट आतिथ्यमा भएको शपथ ग्रहण समारोहका बिच नवनिर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका हुन् । महासेठ सेवा समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक सुदीप कोइरालाले शपथ ग्रहण गराएका थिए ।
समितिको अध्यक्षमा नरेश महासेठ निर्वाचित भएका थिए । समितिको उपाध्यक्षमा निलमदेवी महासेठ, महासचिवमा विशेश्वर महासेठ, सचिवमा किशोरी महासेठ र कोषाध्यक्षमा मकसुदन महासेठ निर्वापचत भए । त्यस्तै सदस्यहरुमा सतेन्द्र महासेठ, मुकेशकुमार महासेठ, रामा महासेठ, शिवोदेवी महासेठ, सरिता महासेठ र बबिदेवी महासेठ निर्वाचित भएका हुन् ।
नगरप्रमुख साहले यस प्रकारका समितिहरुले जातीय उत्थानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । उनले जातीय उत्थानमा मात्रै यी समितिहरुले आफ्नो भूमिका देखाउनुभन्दा सम्पूर्ण समाजकै लागि समेत योगदान पुर्याउन आग्रह गरे । नवनिर्वाचित अध्यक्ष नरेशले जर्जर अवस्थामा रहेको समितिलाई पुर्नउत्थान गर्नु नै आफ्नो प्रमुख दायित्व रहेको र त्यो पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यो समितिको माध्यमले सामाजिक पुनर्जागरणका लागि काम गर्ने जनाए ।