एसपी रिपोर्ट जनकपुरधाम, मंसिर २० :
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले एक सामुदायिक विद्यालयमा लाइब्रेरी भवनको शिलान्यास गरेका छन् ।
विद्यार्थीहरूलाई बाहिर जानुपर्ने झन्झटबाट मुक्ति र पठनपाठनमा सहजताका लागि जनकपुरधाम उपमहानगरपालिका-४ स्थित संकटमोचन देवशरण रामरती माध्यमिक विद्यालयमा उपप्रमुख साहले लाइब्रेरी भवन निर्माणको शिलान्यास गरेका हुन् ।
विद्यालयको आग्रहमा उपमहानगरको १५ लाख रूपैयाँको लागतमा सो लाइब्रेरी भवन निर्माण हुन लागेको हो ।
शिलान्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलिराम साह, शिक्षकहरू सुशील साह , महेश साह, वडा नम्बर-४ का वडाध्यक्ष सुरेश झा, सदस्य प्रसन्न झा, स्थानीय गणेश प्रसाद साह, प्रमोद साह, मनोज साह, क्यामुदिन दर्जीलगायतकाहरूको उपस्थिति रहेको थियो ।