एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १९ : सांसद् जुली महतोले अपाङ्गता भएकाहरूका लागि आफू मन्त्री हुँदा थुप्रै काम गरेको भए पनि कार्यान्वयन ढिलासुस्ती भएको गुनासो गर्नुभएको छ । जनकपुरधाममा सोमबार नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको ३४ औ केन्द्रीय सभामा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत रहेकी सासद् महतोले आफू मन्त्री रहेका बेला अपाङ्गता भएकाहरूका लागि धेरै काम गरेको दाबी गर्नुभएको हो ।
आफूले ल्याएका केही योजनाहरू अहिले पनि कार्यान्वयन आउन नसकेकोमा उहाँको गुनासो छ । सरकारी सरचनाहरू अपाङ्गमैत्री हुनुपर्ने, लोकसेवामा अपादता भएकाहरूका लागि सिट सुरक्षित हुनुपर्ने, पूर्ण अशक्त भएकालाई रेखदेख गर्ने व्यक्तिलाई राज्यले रोजगारी वा तलवको सुविधा दिनुपर्ने कुरा आफूले उठान गर्दै आएको पनि उहाँले बताउनुभयो ।
पछिल्लो अपाङ्गमैत्री भौतिक संरचनाहरू निर्माण हुन थालेकोमा उहाँले सन्तोष व्यक्त गर्नुभयो कार्यक्रममा नेकपा एमालेका नेता शिवशकर साह हिराले अपाङ्गता भएकाहरूका लागि राज्यले विभिन्न किसिमका स्विधाहरू उपलब्ध गराउँदै आए पनि पहुँचवालासम्म मात्र यी सुविधाहरू पुग्ने गरेको दाबी गर्नुभयो । पहुँच नभएका पीडितहरूसम्म राज्य पुग्नुपर्ने र यसका लागि सम्बन्धित संस्थाहरूले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा समाजसेवी रितेश सिंहले अपाङ्गता भएकाहरूलाई सहयोग गर्ने उद्देश्यले यो संस्थाको स्थापना – भएको भन्दै यो कार्यमा दत्तचित भएर लाग्न केन्द्रका पदाधिकारीहरूलाई अनुरोध गर्नुभयो। सोमबार सुरु भएको केन्द्रको सभाले नयाँ कार्यसमिति चयन गर्नेछ ।





