एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १३ :
नेपाल विद्यार्थी संघले विभिन्न मांग राख्दै मांग पुरा नभए सिटिईभिटी मधेश प्रदेशको कार्यालयमा तालाबन्दीको चेतावनी दिएको छ । संघको सिटिईभिटी मधेश प्रदेश समन्वय समितिले एक प्रेश बिज्ञप्ती जारी गर्दै विभिन्न पाँच सुत्रिय मांग गरेको छ ।

मेडिकल ईन्सिटीच्युट लाहानको नर्सिङ्ग कार्यक्रममा वर्गिकृत छात्रवृतीमा खाली भएको सिटमा भर्ना निर्देशिका अनुसार अर्को बैकल्पिक विद्यार्थीहरुलाई समेत सिफारिस गर्नुपर्ने, प्रवेश परिक्षा २०७९ बाट सिफारिस भई विभिन्न शिक्षालयमा नियम पुर्वक भर्ना भएको विद्यार्थीहरुको नाम सार्वजानिक गर्नुपर्ने सहितका पाँच सुत्रिय मांग उनीहरुले गरेको छ ।

मांग पुरा नभए सिटिईभिटी मधेश प्रदेशको कार्यालयमा तालाबन्दीको चेतावनी समेत दिइएको संघको सिटिईभिटी मधेश प्रदेश समन्वय समितिका संयोजक ईन्द्रजित गोइतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ज्ञापन पत्र सिटिईभिटी मधेश प्रदेशका प्रमुख नागेन्द्र साहलाई समेत बुझाइएको छ ।