एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १० : सुरेन्द्र भण्डारीलाई जनकपुरधामको उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा पराजित गराइएको चर्चा सेलाएको थिएन । स्थानिय तहको निर्वाचनको चर्चा सुरु हुन थाल्यो । धनुषा क्षेत्र नं. ३ र खास गरि जनकपुरधाममा प्रत्यक्ष तर्फ चुनाव जित्न नसकेको एमालेले वडा देखि नगर कमिटि सम्मको नेतृत्व छान्न थाल्यो ।
जित त जित उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा हारेर पनि चर्चामा रहेका एमाले सचिव रघुविर महासेठका प्रिय पात्र सुरेन्द्रलाई पार्टीको नगरकमिटि अध्यक्षको जिम्मेवारी सुम्पियो । सुरेन्द्र एक छिन केहि बोल्न सकेन पछि हुन्छ भनेर कम्मर कसे र एमालेको अभियानमा जुटे ।
आज नेकपा एमाले स्थानिय तहको निर्वाचन २०७९ जनकपुरधाममा मुख्य प्रतिपक्षिका रुपमा स्थापित मात्र भएन उपमहानगरको कार्यपालिकामा अल्पमतमा रहँदा समेत दुई सिटमा बाजी मारे । र आज प्रतिनिधी र प्रदेशसभा निर्वाचन क्लिन स्वीप गरेको छ ।
जनकपुरधाममा एकदमै सक्रिय युवाका रुपमा परिचित सुरेन्द्र धनुषा ३ र ४ दुवै क्षेत्रमा हालको निर्वाचनमा सक्रिय थिए । महासेठ र महतो दुवैको घरदैलो, छलफल, वार्ता सहितका निर्वाचन परिचालनको समुहगत काममा अगुवाई गरेका सुरेन्द्र प्रतिनिधीसभामा नेतृ जुली महतो र प्रदेशसभामा दिपेन्द्र ठाकुरको विजयी जुलुशको समेत अगुवाई गरिसकेर अर्को विजयीको प्रतिक्षामा छन् ।
सुरेन्द्र भन्छन, ‘धनुषा ४ को विजयी जुलुश मनाएर मात्र आराम गर्ने मुड बन्छ ।’ सरल, हँसिलो र जनकपुरधाम बजारमा तुरन्त उपलब्ध हुने व्यक्तित्व सुरेन्द्र चुनावी थकाई एकदमै लागेको भएपनि धनुषा ४ पछि मात्र निद्रा लाग्ने बताउछन् । उनले वडा, नगर कमिटि, जिल्ला कमिटि सहित पार्टीको सम्पुर्ण तप्काका नेता कार्यक्रता र शुभेच्छुकहरुको अपार मेहनतले जितहरु सम्भव भइरहेको बताए । धनुषाको कायापलट गर्न धनुषा ४ मा पनि जित्ने उनको दावी छ ।
धनुषा ४ मा एमालेका उम्मेदवार पार्टी केन्द्रिय सचिव महासेठ कांग्रेस उम्मेदवार सहमहामन्त्री महेन्द्र यादव संग समाचार तयार पार्दा सम्म डेढ हजारको हाराहारीमा पछाडि छन् ।