एसपी रिपोर्ट
जनकपुरधाम, कार्तिक ३० :
धनुषा निर्वाचन क्षेत्र नम्बर ३(ख)को प्रदेशसभा सदस्यका उम्मेदवार परमेश्वर साहले आफूले गरेका कामहरुलाई मूल्यांकन गरेर यहाँका मतदाताले आफूलाई नै मत दिने विश्वास व्यक्त गरेका छन् । ५ वर्ष प्रदेशसभा सदस्य भएर यस क्षेत्रको विकासका लागि आफूले गरेका कामहरुको जनताले मूल्यांकलन गरेको र आफूलाई नै फेरी अवसर दिने परमेश्वरले दावी गरे ।
धनुषा ३(ख)बाट सत्ता गठबन्धनबाट लोसपाका उम्मेदवार परमेश्वरको पक्षमा मत माग्नका लागि युवा देखि बृद्धसम्मको सक्रियता देखिएको छ । घरदैलोको क्रममा दर्जनौँ युवा तथा महिलाहरुले उनको पक्षमा मत मागिरहेका छन् ।
प्रदेश सरकार भ्रष्टाचारमा लिप्त हुँदा समेत आफू संघियता संस्थागतका लागि प्रदेशको नाम र राजधानी तोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उम्मेदवार परमेश्वरले मतदाताहरुलाई बुझाई रहेका छन् । प्रदेश सरकारको भ्रष्टाचारका कारण आजित भएको बेला सोही नेतृत्वलाई यहाँका जनता फेरी स्वीकार गर्न नसक्ने दावी गरे । प्रदेशले नाम र राजधानी पाई सकेको छ अब प्रदेशको विकास गर्नुछ, उनले भने ‘यहाँको सर्वांगिन विकासका लागि सत्ता गठबन्धनको पक्षमा मतदान गर्नुस ।’