एसपी रिपोर्ट
जनकपुरधाम, कार्तिक २९ :
धनुषा निर्वाचन क्षेत्र नम्बर ३(ख)को प्रदेशसभाका उम्मेदवार मुलुकमा व्याप्त समस्या समधानका लागि सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका छन् । मंसिर ४ को निर्वाचन पछि सत्ता गठबन्धनकै नेतृत्वमा प्रदेश र संघ दूबैमा सरकार बन्ने मुलुकमा व्याप्त समस्या सोही सरकारले समाधान गर्ने परमेश्वरले दावी गरे ।
उनले भने, ‘एमालेको निर्देशनमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर रोकेर राखेकी छन् , मंसिर ४ पछि सत्ता गठबन्धनको नेतृत्वमा गठबन्धनकै सरकार बन्छ, राष्ट्रपति पनि फेरिन्छ, अनि त्यो सरकारले पहिलो काम नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराउछ ।
उम्मेदवार साहले देशभरि नै पाँच दलीय गठबन्धनको लहर चलेको भन्दै अबको निर्वाचनबाटै एमाले र जसपाको पत्ता साफ हुने भएकाले कुनै दुविधामा नपरि सत्ता गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे ।