एसपी रिपोर्ट
जनकपुरधाम, कार्तिक २८ :
धनुषा ३(क)को प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका डा. प्रसन्न कुमार झाले यस क्षेत्रलाई शिक्षा र स्वास्थ्यको हवको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नगराइन नगरपालिकामा जनमत पार्टीले निकालेको युथ मार्चपछि भएको सभालाई सम्बोधन गर्दै डा. झाले आफू निर्वापचत भए यस क्षेत्रलाई शिक्षा र स्वास्थ्यमा नमूना क्षेत्रको रुपमा विकास गर्ने वचनवद्धता व्यक्त गरे ।
हरेक आधारभूत आवश्यक्ताको सवालमा देशमै सबैभन्दा पिछडिएको प्रदेश मधेश नै रहेकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पहिले विकास गर्नु आवश्यक रहेको उनको भनाई थियो । आफू चिकित्सक पेशामा आवद्ध रहेको व्यक्ति भएकाले स्वास्थ्यको विकासमा योजनावद्ध ढंगले काम गर्ने बताए । यसका साथै शिक्षा बिना कुनै क्षेत्रको विकास सम्भव रहेकाले शिक्षित क्षेत्रको रुपमा समेत विकास गर्नका लागि काम गर्नु आवश्यक रहेको डा. झाले बताए ।
सभालाई सम्बोधन गर्दै उनले सही नेतृत्व चुन्ने जिम्मा अब यहाँका मतदाताहरुको हातमा रहेको बताए । उनले सुझबुझ देखाएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरे ।