एसपी रिपोर्ट
जनकपुरधाम, कार्तिक २२ :

सत्ता गठबन्धनबाट धनुषा ३(ख)बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार परमेश्वर साहले सही नेतृत्वकर्ताको पहिचान गरेर भोट हाल्न मतदाताहरुसँग आग्रह गरे । उनले नेतृत्वमा रहेर जनताको दुःखसुखमा काम लाग्ने, जनताको सेवामा निरन्तर खट्ने र विकास निर्माणको कामलाई प्राथमिकता दिने उम्मेदवारलाई चुनेर संसद्मा पठाउन मतदाताहरुसँग अपिल गरे ।
साहले भने, ‘अब मतादाताहरुलाई भ्रमित पार्न सकिँदैन । मतदाताहरुले को सही नेतृत्वकर्ता र को अवसरवादी भनेर छुट्याउन सक्नु हुन्छ । उहाँहरुले आफ्नो दुःखसुखमा काम लाग्ने नेतालाई छान्नुहुन्छ । निर्वाचनको समयमा आएर मात्र जनताको घरघर पुग्नेलाई उहाँहरुको मत पर्दैन ।’
उम्मेदवार साहले पाँच वर्षसम्म आफूले सांसद्का रुपमा सदनमा निरन्तर मधेश प्रदेशको हितका लागि आवाज उठाएको स्मरण गराउँदै भने, ‘म यस अघि नै यस क्षेत्रको प्रतिनिधित्व गरेको यहाँको विकासका लागि काम गरेको दावी गरे ।
मङ्गलबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४मा घरदैलोको क्रममा मुलुकमा व्याप्त समस्या समाधानका लागि सत्ता गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे ।