एसपी रिपोर्ट
जनकपुरधाम, कार्तिक १९ :
धनुषा निर्वाचन क्षेत्र नम्बर ३मा पाँच दलीय सत्तागठबन्धनका उम्मेदवारहरुलाई चुनावी घरदैलोका क्रममा मतदाताहरुले भव्य स्वागत गरिरहेका छन् ।
मत माग्न घरदैलोमा पुगि रहेका धनुषा ३(ख)को प्रदेशसभा सदस्यका उम्मेदवार परमेश्वर साहलाई मतदाताहरुले स्वागत गर्दै गठबन्धनको पक्षमा मतदान गर्ने आश्वासन दिएका छन् । यसै क्रममा शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० र वडा नम्बर ११ घरदैलो गर्दै पुगेका प्रदेशसभा सदस्यका उम्मेदवार साहलाई मतदाताहरुले समर्थन गर्दै ठाँउमा स्वागत गरेका हुन् ।
अरु दलका उम्मेदवार भन्दा गठबन्धनका उम्मेदवारहरु जनता माझ रहदै आएकाले मतदाताले आफूहरुलाई रुचाईरहेको परमेश्वरले दावी गरे । उनले विगतमा आफु प्रदेशसभा सदस्य बन्दाका बेला जनभावना अनुसार नै काम गरेको स्मरण गराउदै यसपालि जनताले अवसर दिए जनताको चाहना र आवश्यकतालाई शीरोधार्य गरेर काम गर्ने वाचा पनि गरे ।
विगत पाँच वर्षको कार्यकालमा आफुले गरेका कामहरु जनताका सामु सर्वविदीतै रहेको भन्दै फेरि अवसर पाएमा विगतको भन्दा पनि उत्कृष्ट काम गर्ने प्रतिबद्धता मतदाताहरु सामु जनाए ।