एसपी रिपोर्ट
जनकपुरधाम, कार्तिक १८ :
धनुषाको निर्वाचन क्षेत्र नम्बर ३(क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार डा. प्रसन्न झाले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । जनमत पार्टीका उम्मेदवार डा. झाले घरदैलोकै क्रममा शुक्रबार नवटोली, विर्ता लगायतका गाउँमा मतदाताहरुसंग भेट गरेका छन् ।
ग्रामीण क्षेत्रमा अहिले पनी कतिपय निमुखा जनता सरकारी सेवा सुबिधाबाट बञ्चित रहदै आएकोमा उनले मतदाताहसंगको कुराकानीमा चिन्ता व्यक्त गरे । उनीहरुको पक्षमा अनवाज उठाउन, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र भौतिक पूर्वाधारको विकास जस्ता कार्यमा सुधार गर्ने जस्ता एजेन्डाहरु आफ्नो रहेको झाले बताए । घरदैलो कार्यक्रममा जनमत पार्टीको पक्षमा मतदान गर्न उनले आग्रह गरे ।
यहाँका समस्याहरुलाई ध्यानमै राखेर आफूले उम्मेदवारी दिएको उनको भनाई थियो । यस अघिका जनप्रतिनिधि काम कम राजनीतिमा बढी केन्द्रित रहेको आरोप लगाउँदै उम्मेदवार झाले यस क्षेत्रको विकासको खाका बनाएर काम गर्ने आफूसंग योजना रहेको जानकारी दिए । आफूलाई मतदाताले अवसर दिए योजना बनाएर यस क्षेत्रको विकासका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।