एसपी रिपोर्ट
जनकपुरधाम, कार्तिक २ :
जनमत पार्टीबाट धनुषाको ३(क)को प्रदेशसभामा उम्मेदवारी दिएका डा. प्रसन्नकुमार झाले भ्रष्टाचार मुक्त देश बनाउनु नै जनमत पार्टीको लक्ष्य रहेको बताएका छन् । देशमा बढ्दै गईरहेकाले मुलुकको अर्थतन्त्र दिनदिनै खस्किरहेको उनको भनाई थियो । त्यसैले जनमत पार्टीको पहिलो लक्ष्य भ्रष्टाचार अन्त्य नै रहेको बताए ।
घरदैलोको क्रममा डा. प्रसन्नले मतदाताहरुसंग भने ‘भ्रष्टाचारबाट मुक्ति पाउनु छ भने जनमत पार्टीको पक्षमा मत दिनुस ।’ आफ्नो भ्रष्टाचार बिरुद्ध शुरु देखि नै आन्दोलन गर्दै आईरहेको स्मरण समेत गराए । यसका साथै शिक्षा, स्वास्थ्यमा सुधार, रोजगारीको श्रृजना, किसानहरुको समस्या समाधानका लागि आफूहरुसंग योजना रहेको उनको भनाई थियो । जनताले आफू र आफ्नो दललाई सम्बन्धित स्थानमा ठाउँ दिए मुलुकमा परिवर्तन ल्याई छोड्ने अठोट व्यक्त गरे ।
डा. प्रसन्न आफ्नो चुनावी प्रचार प्रसारको क्रममा नगराईन नगरपालिकाको फुलगामामा घरदैलो कार्यक्रम गरेका थिए । त्यहाँ उनले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।