एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १ : मंगलवार जनकपुरधाममा ४४ जनाले रक्तदान गरेका छन् । जनकपुरधाम वडा नं. ९ स्थित वैदेहि होस्पिटल प्रा.ली. दोस्रो वर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटल प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा सो संख्यामा रक्तदान गरिएको छ । रक्तदानमा विद्यार्थी, विरामीका कुरुवा, हस्पिटलका कर्मचारी, चिकित्सकहरुले रक्तदान गरेका छन् । सो अवसरमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रानी झा र डा. शैलेस झा सहितकाले केक काटेर हस्पिटलको दोस्रो वार्षिकोत्सव मनाएका छन् । सो अवसरमा डा.सन्तोष साह, डा. रोशन मिश्र र श्री प्रसाद यादव सहितको उपस्थिती थियो ।