एसपी रिपोर्टर
जनकपुरधाम, असोज २८ :
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जुलीकुमारी महतो र धनुषा ३(ख)को प्रदेशसभा सदश्यका उम्मेदवार दिपेन्द्र ठाकुरले संयुक्त रुपमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
जनकपुरधाम उपमहनागरपालिका वडा नम्बर ५ र ६ मा आज नेकपा एमालेका उम्मेदवारद्वय महतो र ठाकुरले मतदातालाई आफ्नो एजेण्डा जनता माझ बुझाउनका लागि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका हुन् । यसका साथै उनीहरुले मतदातासंग गठबन्धनका लागि मत मागेका थिए ।
जनता माझ मत माग्न पुगेकी जुलीले एमाले नेतृत्वको सरकार बने मधेसको समस्या समाधानका लागि द्रुतगतिमा काम अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे । यसका साथै नागरिकता विधेयक पास हुन नसक्नुमा सत्ता गठबन्धनमा आवद्ध दलकै वैमनस्यता मूल कारण रहेको स्पष्ट पारिन । एमाले अध्यक्ष ओलीले धनुषामै आएर एमाले नेतृत्वको सरकार बने एक महिना भित्रै नागरिकता समस्या समाधान गर्ने प्रतिवद्धता गरेको स्मरण गराउँदै जुलीले सोही अनुरुप काम अगाडी बढाइन् बताइन् ।
वडा नम्बर ५ र ६मा मत माग्न पुगेकी जुली र ठाकुरलाई मतदाताहरुले ठाउँ ठाउँमा माला लगाएर स्वागत गरेका थिए ।