एसपी रिपोर्टर
जनकपुरधाम, असोज १७ :
मिथिला संस्कृतीलाई बचाउन जनकपुरधाममा झिझिया उत्सव २०२२ सम्पन्न भएको छ । जिल्लाका विभिन्न गाउ र टोलका झिझिया समुहहरुको सहभागितामा जनकपुरधामको हिमाली ईङ्गलिस बोर्डिङ्ग स्कुलको सहयोग र भारतको मधुवती विहार स्थित बालिउड डान्स स्कुलको आयोजनामा जानकी मन्दिरको प्राङ्गणमा भएको झिभिया उत्सव २०२२ रोचक भएको छ ।

दर्शनार्थीले उत्सवलाई रोचक पुर्वक लिदै सक्रिय सहभागिता जनाएको देखियो । विजयादशमीमा राम्रो आयोजन हुन सके भब्यताका साथ झिझिया उत्सव गर्न सकिने सम्भावना सावित भएको सहयोगी स्कुलका प्रिन्सिपल रमेश साहले बताए ।