एसपी रिर्पोटर
जनकपुरधाम, असोज १४ : अव जनकपुरधाममै बिएसी एजी र बिएससी फोरेष्टीको पढाई हुने भएको छ । शुक्रवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि जनकपुरधाममा जनकपुर कम्युनिटी कलेज नामक थप एक कलेज सञ्चालनमा आउने जानकारी गराइनुका साथै कलेजको शुभारम्भ संगै बिआइटीको पढाई सुरु हुने र सिघ्र बिएसी एजी र बिएससी फोरेष्टीको पनि पढाई थालनी हुने जानकारी गराइएको छ ।
जनकपुरधामको वडा नं. ८ रामानन्द चौकमा सञ्चालन हुने कलेजलाई सो कोर्शहरुका लागि पुर्वाञ्चल विश्वविद्यालयलले सम्बन्धन प्रदान गरिसकेको छ । सामुदायिक अवधारणाको यो कलेजमा विद्यार्थीहरु स्वरोजगारका साथ साथै पढाई पनि गर्न सक्ने छ । मधेशका लागि अति आवश्यक बिएसी एजी र बिएससी फोरेष्टीको कोर्शमा पालिकाहरु पहल र सहयोगमा गरिव, दलित, जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृतीको समेत व्यवस्था गरिने सञ्चालकले जनाएको छ ।
पत्रकार सम्मेलनमा कलेजको सञ्चालक समितिको रुपमा आशिष झा, डा. सोहन साह, अमित ठाकुर, ज्योत्सना क्रान्ति सहितको उपस्थिती थियो ।