एसपी रिपोर्टर
जनकपुरधाम, असोज ९ : यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राजनिति पहुँच नभई अधिकार र अवसर सुनिश्चित हुन नसक्ने निश्कर्ष निकालेको छ । जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले सञ्चारकर्मीहरु सहितको उपस्थितीमा आयोजना गरेको कार्यशालामा यौनिक तथा लैङ्गिक अल्पसंख्यकका अगुवाहरुले देशमा आमुल परिवर्तण भएपनि आफुहरुलाई वडा सदस्यको लायक समेत नसम्झेको भन्दै विरोध जनाएका छन् ।
उनीहरुले साँझ पर्ना साथ आफुहरुलाई खोज्दै हिडने तर विहान सुर्योदय भएपछि चिन्न छाडने विडम्वना रहेको बताउदै न्यायका लागि साथ र सहयोग गर्न सञ्चार जगतलाई आग्रह गरेका छन् । ब्लु डायमन्ड सोसाइटीका प्रदिप यादवले प्रदेश सरकारले आफुहरुको सुझावलाई बेवास्ता गरेको बताए ।
सञ्चारजगतका कारण आफुहरुलाई नेपालमा पनि कानुनी उपस्थिती भेटेको भन्दै उनीहरुले अव राजनिति गर्न चाहेको र त्यसमा सञ्चारकर्मीले साथ दिनुपर्ने उनीहरुले बताए । सो अवसरमा उनीहरुले देशमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको उपस्थिती, राजनितिमा सहभागिताको आधार र कानुनी विश्लेषण, नेपालको राजनितीमा सहभागिता, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु बारे मुख्य राजनितिक दलहरुको राजनितिक घोषणापत्र र विधानहरुको समिक्षात्मक अध्यन्न प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको अगुवा नगमा सहित सञ्चारकर्मीहरुको उपस्थिती थियो ।