एसपी रिपोर्टर
जनकपुरधाम, असोज ७ :
महोतरीमा रक्तदानको महत्व र आवश्यकतकाको विषयमा जानकारी मुलक कार्यक्रम सम्पन्न भएको छ । रक्तदानका लागि प्रोत्साहन र रगत अभाव विरामीहरुका लागि रगत आपुर्ती गर्न दिनरात खटने ब्लड फर नेपाल धनुषा र रामनगर युवा सञ्जालको संयुक्त आयोजनामा महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा पर्ने श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजार र श्री त्रिभूवन उच्च माध्यमिक विद्यालय गौशालामा रक्तदान सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

देशमा रगतको समस्या समाधान गर्न र शरिरमा विशेष उर्जाका लागि नयाँ रगत उत्पादन गर्न पनि रक्तदान गर्नुपर्ने युवा पुस्ता लाई सम्झाएर रक्तदान तर्फ आकर्षित गर्न कार्यक्रम गरिएको ब्लड फर नेपाल धनुषाका संयोजक बलराम गुप्ताले बताए ।

सो कार्यक्रममा रामनगर युवा संञ्जालका अध्यक्ष संजय सिंह कुशवाहा, ब्लड फर नेपाल धनुषाका सक्रिय सदस्यहरू श्याम साह, बलराम साह, निशान्त ओझा, आनंद शहनी र रामनगर युवा संञ्जाल का कोषाध्यक्ष मनोज कुमार महतो सदस्य संजिप कुमार यादव, संजिव महतो लगायतको उपस्थित रहेको थियो । उक्त जनचेतना मुलक कार्यक्रममा करिव २५० विधार्थीहरु सहभागी रहेको बताइएको छ ।