FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मधेशमा मात्रै ४५ प्रतिशत कुष्ठरोगी, धनुषा र महोतरीमा सबै भन्दा बढि

मधेशमा मात्रै ४५ प्रतिशत कुष्ठरोगी, धनुषा र महोतरीमा सबै भन्दा बढि

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १६ :
सरोकारबालाहरूले मधेशमा रहेका कुष्ठरोगीको खोजी तथा उपचार नगरे सरकारले लिएको कुष्ठरोग उन्मूलनको नीति कार्यान्वयन गर्न कठिन हुने बताएका छन् । मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहीबार जनकपुरधाममा गरेको कार्यक्रममा स्वास्थ्य विज्ञहरूले मधेश प्रदेशमा कुष्ठरोग उन्मूलन गर्न नसकिए २०३० सम्म नेपाललाई कुष्ठरोग रहित बनाउने लक्ष्य पूरा गर्न कठिन हुने बताएका हुन् ।

मधेश प्रदेशमा बढी कुष्ठरोगी भएका जिल्लाहरू धनुषा तथा महोत्तरीमा सुरु भएको कुष्ठरोग सार्ने क्रमलाई रोक्ने परिष्कृत पद्धतिको बारेमा जानकारी दिने उद्देश्यले गरिएको कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा मधेश स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले कुष्ठरोगको कारक तत्व गरिबी तथा अशिक्षा रहेको भन्दै समयमा उपचार गरिए अङ्गभङ्ग हुनबाट जोगिन सक्ने बताउनुभयो ।

पुरातन सामाजिक मान्यतालाई चिर्दै गरिबी निवारण तथा शिक्षाको कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । डाक्टर साहले समुदायमा नै स्वास्थ्य शिक्षा कार्यक्रम गरेर कुष्ठरोगको उपचार तथा निदानको कार्यक्रम गर्न आवश्यक भएको पनि बताउनुभयो । त्यस्तै, मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजयकुमार झाले मधेश प्रदेश तथा देशकै स्वास्थ्य समस्याको रुपमा कुष्ठरोग भएपनि घरदैलो कार्यक्रम गर्नका लागि मधेश प्रदेश तथा संघ सरकारले बजेट विनियोजन नगरेकोमा दु:ख व्यक्त गर्नुभयो ।

निर्देशक झाले सन् २०३० सम्ममा मुलुकमा कुष्ठरोगी उन्मूलन गर्ने लक्ष्य लिएको बताउँदै १० हजार जनसङ्ख्यामा १ जनामा रोग भएको खण्डमा उन्मूलन भएको मान्न सकिने मान्यता भएको बताउनु भयो । अहिले धनुषामा १ हजार ४ सय ८३ र महोत्तरीमा १ हजार ७ सय ३० जना कुष्ठरोगी रहेको आर.ई.पी.प्लस प्लस कार्यक्रमका संयोजक डा. रविन्द्र कुशवाहाले जानकारी दिनुभयो ।

देशमा रहेका कूल कुष्ठ रोगीमध्ये मधेश प्रदेशमा मात्र ४५ प्रतिशत रहेको जानकारी दिँदै यो कार्यक्रम रौतहट, बारा तथा पर्सा जिल्लामा यसअघि नै सञ्चालनमा रहेको पनि उहाँले बताउनुभयो । उहाँले कुष्ठ रोगीको सम्पर्कमा लगातार रुपमा २० घण्टासम्म रहेका खण्डमा रोग सर्ने भएकाले यसको शङ्का लागेमा परीक्षण गराउन सुझाव दिनुभयो ।

कुष्ठरोगीको खोजतलास तथा रोगीलाई उपचारमा ल्याउनका लागि कार्यक्रम सञ्चालन, समन्वय तथा सहकार्य गर्न प्रादेशिक अस्पताल जनकपुरधामका वरिष्ठ चर्म रोग विशेषज्ञ डा. रामज्ञान यादवको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको छ । साथै निर्देशक झा, उपकुलपति डा. साह सहित तीन जनाको सल्लाहकार समिति गठन गरेको निर्देशनालयका कुष्ठरोग सम्पर्क अधिकृत राजवीर यादवले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

2 hours ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

8 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy