FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

पत्रकारिता सुधारका विषयमा “सञ्चार नीति संवाद” कार्यक्रम सम्पन्न

पत्रकारिता सुधारका विषयमा “सञ्चार नीति संवाद” कार्यक्रम सम्पन्न

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १० :
वरिष्ठ पत्रकारहरूले पत्रकारिता क्षेत्रमा विकृति बढदै गएकाले वास्तविक पत्रकारहरूको पेशामा नै आँच आउने अवस्थाको सृजना भएको बताएका छन् । विकृति रोक्नका लागि पत्रकारितामा कडाइ र नियमन आवश्यक रहेको उनीहरुको निश्कर्ष थियो ।

नेपाल पत्रकार महासङ्घ धनुषाको संयोजन तथा फ्रि मिडिया नेटवर्कको आयोजनामा नेपाल पत्रकार महासंघ धनुषाको सभाकक्षमा भएको “सञ्चार नीति संवाद” कार्यक्रममा सहभागीहरुले यस्तो चिन्ता जताएका हुन ।

पत्रकारिता क्षेत्रमा विगत केही समय यता आएर बढ्दै गएको विकृति तथा विसङ्गतिका कारण समग्र पत्रकारिता क्षेत्र नै बदनाम भइरहेकोमा दशकौँसम्म पत्रकारितामा जीवन बिताएका वरिष्ठ पत्रकारहरुले चिन्ता व्यक्त गरेका थिए । यसका साथै सामाजिक सञ्जालका कारणले पनि पत्रकारिता क्षेत्र कमजोर बनिरहेको बताउँदै उनीहरु पत्रकारितामा प्रवेश गर्नका लागि योग्यता परीक्षाको व्यवस्था गर्न जरुरी रहेकोमा जोड दिए ।

सहभागीहरूले वकालत गर्न, उपचार गर्नका लागि लिने परीक्षा जस्तै पत्रकारिता गर्न चाहनेका लागि त्यसै प्रकारको परीक्षा प्रणालीको विकास गर्नुपर्ने बताए । स्नातक उत्तीर्ण गर्ने र पत्रकारिता अध्ययन गर्ने बित्तिकै पत्रकारिता गर्न पाउने सम्पादक बन्ने नीतिमा संशोधन गर्न जरुरी रहेको उनीहरुको तर्क थियो ।

वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले पत्रकारिता क्षेत्रले उठाउनु पर्ने धेरै विषयहरु हुँदाहुदै पत्रकारहरूले ध्यान नदिएर चाकडी तथा चाप्लुसी गर्ने, रकम हत्याउने प्रवृत्ति बढ्नु चिन्ताको विषय भएको बताए । पत्रकारिता क्षेत्रको सुधारका लागि शुद्धीकरण अभियान चलाउन आवश्यक रहेको बताउदै नेपालीले जनकपुरधामको पत्रकारिताको इतिहासका विषयमा जानकारी गराएका थिए ।

मधेश प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले पत्रकारिता क्षेत्रलाई बिश्वसनिय र मर्यादित बनाउनका लागि पत्रकारितामा प्रवेश गर्न योग्यता प्रणालीको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान ल्याउन आवश्यक भएको बताए । मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जनकपुरधामको अधिकांश साप्ताहिक पत्रपत्रिका कपीपेष्ट भएको पाइएको बताउँदै त्यसमा सुधार गर्नका लागि सुझाव दिँदै सामाजिक सञ्जालको नियमन तथा नियन्त्रण चुनौतीको विषय बनेको बताए ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे, महासङ्घ धनुषाका अध्यक्ष मनिका झा, वरिष्ठ पत्रकार श्यामसुन्दर शशी, ईयूका प्रतिनिधि शिव भण्डारी, फ्रि मिडिया नेटवर्कका प्रतिनिधि रामजी दहाल सहितको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव बटुकनाथ झाले गरेका थिए ।

Tags: “सञ्चार नीति संवाद”

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

5 hours ago
अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

1 day ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy