एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ : नेकपा एकिकृत समाजवादी पार्टी निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन नेपालको मधेश प्रदेश समिति गठन भएको छ । मधेशको राजधानी जनकपुरधाममा आयोजित दुई दिवसीय प्रथम प्रादेशिक अधिवेशनले प्रविन साहको अध्यक्षतामा प्रथम मधेश प्रदेश समिति सर्वसम्मत गठन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रविण शर्मा, महिला उपाध्यक्षमा प्रकृति अधिकारी, सचीव रमेश सुवेदी, सह–सचीव प्रमोद चालिसे र कोषाध्यक्षमा राम पुकार यादव चयन भएका छन् । त्यसैगरि समितिको सदस्यहरुमा सलिता सदा, नवीन साह, अजित कर्ण, नरेश गुप्ता र बिनोद पटेल लगायतका छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यबाहक सचीव गोबिन्द चौंलागाईको प्रमुख आतिथ्यमा गरिएको अधिवेशन कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीको मधेस प्रदेश इन्चार्ज धर्मनाथ साह, पार्टी उपमहासचिव जगन्नाथ खतिबडा, पार्टी सचीव नगेन्द्र चौधरी, मधेश प्रदेश अध्यक्ष राम चन्द्र यादव, समाजवादी प्रेस संगठनका केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठ, महासचिव भुपराज खडका केन्द्रिय सदस्य प्रेम चन्द्र झा मेडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरी भट्टराई , क्रान्तिकारी पत्रकार संघका अध्यक्ष किरण कर्ण लगायतको उपस्थिति रहेको थियो ।
बृजलाल पासमानको अध्यक्षतामा भएको कार्यक्रममा वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष वरिष्ठ पत्रकार शितल साह सहितको विशेष उपस्थिती थियो ।