एसपी खबर
जनकपुरधाम , साउन २८:
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ मा निर्माण हुन लागेको स्वास्थ्य चौकीको शिलान्यास गरिएको छ ।शुक्रबार जनकपुरधामका मेयर मनोजकुमार साह र उपमेयर किशोरी साहले स्वास्थ्य चौकीको शिलान्यास गर्नुभएको हो । तीन – चार महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने उपमहानगरपालिकाको लक्ष्य रहेको छ यो स्वास्थ्य चौकी निर्माण भएपछि स्थानीयवासीले नजिकै सेवा पाउनुका साथै स्वास्थ्यसम्बन्धी अन्य विपदका बेला पनि सहयोग पुग्ने मेयर साहले बताउनुभयो ।
उपमहानगरपालिका भित्र एकटा ठूलो र १० वटा सानो आकारको स्वास्थ्य चौकी बनाउने लक्ष्य अनुसार कुल ११ वटा स्वास्थ्य चौकी बन्न लागेको हो । यही योजनाअन्तर्गत वडा नम्बर ५ मा पनि स्वास्थ्य चौकी बन्न लागेको छ । हालसम्म सात वटा स्वास्थ्य चौकीको निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै, वडा नम्बर ७ मा विवादका कारण काम सुरु हुन सकेको छैन भने बाँकीमा तीन ठाउँमा निर्माण कार्य जारी रहेको छ ।
११ वटै स्वास्थ्य चौकी निर्माणका लागि कुल ४ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष बेचन साह, वडा नम्बर ६ का अध्यक्ष दिनेश साह, वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साह, स्थानीयवासीलगायत उपस्थित थिए ।