एसपी रिपोर्टर
जनकपुरधाम, साउन २६ :
जनकपुरधाम उपमहानगरपालिकाको मुख्य समस्या मध्येको एक छाडा चौपाया नियन्त्रणका लागि गौशाला निर्माणको काम थालिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले उपमहानरपालिकाको वडा नं. १२ स्थित श्री राजदेवी मन्दिर नजिक गौशाला निर्र्माण गर्न लागेको हो ।

निर्माण गर्न लागिएको गौशालाको उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह र उपप्रमुख किशोरी साहले शिलान्यास गरेका छन् । करिव एक बिघ्घा जमिनमा एक करोडको लागतमा गौशाला निर्माण हुन लागेको प्रमुख साहले बताए ।

उपमहानगरपालिकाले फुटपात र ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि पहलकदमी लिएको र ट्राफिक व्यवस्थापनको मुख्य चुनौती मध्येका एक छाडा चौपाया नियन्त्रणका लागि गौशाला निर्माणले धेरै नै सहज हुने प्रमुख साहले बताए ।