एसपी रिपोर्टर
जनकपुरधाम, साउन २६ : जनकपुरधामको मोनाष्टिक स्कुलले एसईईमा उत्कृष्ट र उतिर्ण गर्ने आफनो छात्रछात्राहरुलाई सम्मान गरेको छ । स्कुलको डा. मिथिलेश मेमोरियल सभाहलमा आयोजित विशेष समारोहका बिच गत एसईईको नतिजामा ४ जिपीए अंकका साथ उत्कृष्ट गरेका विद्यालयका छात्र प्रवेश यादव लाई नगद राशी रु २५ हजार सहित सम्मानपत्र बाट समानित गरिएको छ ।
देशमा कुल ४२ जनाले ४ जिपिए ल्याएकोमा मोनाष्टिकका प्रवेश पनि एक हुन । उनी मधेश प्रदेशमै उत्कृष्ट भएको समेत मानाष्टिक स्कुलको दावी छ । साथै विद्यालयबाट प्रतिनिधित्व गर्दै एसईईमा एप्लस, ए र बि सहितका ग्रेडहरुका साथ उतिर्ण भएका २ सय १६ जना विद्यार्थीहरुलाई समेत सम्मानित गरिएको छ ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पसरुद आलम खाँले विद्यार्थीहरुलाई सम्मान गरेका छन् । डिआईजी खाँले गुणस्तरिय शिक्षाका लागि विद्यालय, शिक्षक र विद्यार्थी मात्र नभई अभिभावकले समेत सचेत हुन जुरुरी रहेको बताए । गुणस्तरीय शिक्षामा मोनाष्टिक एक सफल नाम भएको उनले बताए ।
कार्यक्रममा स्कुलका प्रबन्ध निर्देशक डा. सोनु साहले एसईई उतिर्ण गर्ने विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै आफनो कुशलता देखाउन सक्ने विषयमा उच्च शिक्षा तर्फ लाग्न आग्रह गरेका छन् । सो अवसरमा बिधालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई उत्कृष्ट सेवा गरे बापत सम्मानपत्र द्वारा समानित गरिएको छ ।
कार्यक्रममा बिद्यालयका संस्थापक बिणा देवि साह, सो कार्यक्रममा नेपाल प्रहरीका एसएसपीहरु योग बहादुर पाल, ध्रुव राउत, र मनोज कुमार यादब तथा प्रहरी निरीक्षक गोबिन्द लाल कर्ण सहितको उपस्थिती थियो । कार्यक्रममा विद्यालयका छात्रछात्राहरुद्वारा सांस्कृतीक कार्यक्रम प्रस्तुत गरिएको छ ।